• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

गृहमन्त्रीले भने ‘सरुवाको कार्यविधि बन्छ, नेताका घर धाए कारबाही गर्छु’

by पहिलो नेपाल
१५ पुष २०७९, शुक्रबार १४:३२
गृहमन्त्रीले भने ‘सरुवाको कार्यविधि बन्छ, नेताका घर धाए कारबाही गर्छु’

उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै लामिछानेले प्रहरी कर्मचारीका लागी सेवा सुविधा बढाउन आफू लागिपर्ने बताए । करिब २० मिनेट लिखित भाषण गरेका लामिछानेले प्रहरी अधिकृतहरूलाई नेताका घरमा धाएर सरुवा नहुने चेतावनी दिएका छन् । ‘सरुवा बढुवाका लागि नयाँ कार्यविधि बन्छ’ गृहमन्त्रीले भने–‘अब नेताका घरमा धाएर सरुवा हुँदैन ।’

हिजोका दिनमा नेताको घरमा धाउनेहरूको पछि मूल्यांकन गरिने उल्लेख गर्दै लामिछानेले भने–‘नेताको घरमा जाने प्रथाको अत्य गर्नुपर्छ ।’ नेताका घरमा धाउने अधिकृतहरूलाई कारबाही गर्ने उनले चेतावनी दिए ।

प्रहरीमा हाम्रा भन्ने दिन गएको उद्घोष गर्दै गृहमन्त्रीले भने–‘राम्राको दिन सुरु भयो ।’ नेताको घरमा धाउने चलनका विरुद्ध आक्रोशित देखिएका गृहमन्त्रीले दैलो चहार्नेहरूको सरुवा नै नगर्ने बताए । सरुवा र बढुवामा अहिलेको मापदण्डलाई परिमार्जन गरिने उनको भनाइ छ ।

प्रहरी ‘पीडितको घर र पीडकको लागि डर’ हुनुपर्ने बताउँदै गुण्डागर्दी विरुद्ध निर्मम हुन उनले आग्रह गरे । ‘आर्थिक अनुशासनमा निर्मम हुन म संगठन प्रमुखलाई निर्देश गर्छु’ लामिछानेको भनाइ उद्धृत गर्दै एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘आर्थिक अनुशासनमा शून्य सहनशीलता लागू हुनुपर्छ ।’

गृह मन्त्रालय र मन्त्री निवासमा व्यक्तिगत काम लिएर नआउन उनले प्रहरी अधिकारीहरूलाई निर्देश गरेका छन् । ‘सिपाही र हवल्दारका लागि पनि मेरो ढोका खुला छ’ उनले भने–‘तर, संगठनको हितबाहेक व्यक्तिगत काम लिएर मकहाँ नआउनुस् ।’

उपत्यकामा कार्यरत प्रहरी उपरीक्षक र सोभन्दा माथिका अधिकृतहरूलाई लामिछानेले प्रहरी प्रधान कार्यालयको अडिटोरियम हलमा निर्देशन दिएका थिए । ७ वटा प्रदेशका डीआईजी र जिल्ला इन्चार्जहरुलाई उनले भिडियो कन्फरेन्समार्फन निर्देशन सम्वोधन गरेका छन् ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सरुवा बढुवाको कार्यविधि अहिले पनि भएको उल्लेख गर्दै त्यसमा पुनरावलोकन गर्न आग्रह गरे । ‘अबका दिनमा पोष्टिङ भएको ठाउँमा एक वर्ष ढुक्कले बस्छु भनेर पाइँदैन’ आइजीपी सिंहले भने–‘हरेक दिनको कामको मूल्यांकन हुन्छ ।’

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१५ पुष २०७९, शुक्रबार १४:३२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१५ पुष २०७९, शुक्रबार १४:३२

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१५ पुष २०७९, शुक्रबार १४:३२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१५ पुष २०७९, शुक्रबार १४:३२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१५ पुष २०७९, शुक्रबार १४:३२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१५ पुष २०७९, शुक्रबार १४:३२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१५ पुष २०७९, शुक्रबार १४:३२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.