विराटनगर । प्रदेश १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न समय सीमा दिइएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङ्गले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनको दाबी पेश गर्न आव्हान गरेका छन् ।
उक्त संवैधानिक प्रावधानअनुसार प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले अब उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न भनिएको छ।