• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

by पहिलो नेपाल
१७ पुष २०७९, आईतवार १३:५९
नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

काठमाडौं । काठमाडौं नाइट्सले जारी नेपाल टी–२० लिगमा तेस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९। १ ओभरमा अलआउट हुँदै ९० रनमा सीमित भयो ।

जनकपुरका लागि सरार्फुदिन असरर्फले सबैभन्दा धेरै ३७ रन बनाए । उनले ३१ बल खेल्दै २ चौका र तीन छक्का प्रहार गरे । त्यो बाहेक सोमपाल कामी २१ रन र अडक बोहरा १० रन बाहेक जनकपुरका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंका लागि अविनाश बोहराले उत्कृष्ट बलिङ गरे । उनले ३।१ ओभरमा १३ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । अज्मतुल्लाह ओमारजाईले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चिएर दुई विकेट लिए । कमल ऐरी, अनिल खरेल र वसिर अहमदले समान एक÷एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार पारेको थियो ।

काठमाडौंका लागि ओपनर सुनाम गौतमले ४७ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६२ रनको इनिङ खेले । रायन बर्लले ४० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६१ रनको अविजित इनिङ खेले । एलेक्स ब्लेकले २१ बलमा २ चौका र १ छक्काको मद्दत लिँदै २० रन योगदान गर्दा अज्मतुल्लाह ओमारजाई १० बनाएर पभेलियन फर्किएका थिए ।

जनकपुरको बलिङमा जितेन्द्र मुखियाले सर्वाधिक तीन विकेट लिए । उनले ४ ओभरमा ३८ रन खर्चिएका थिए । ट्रेभोन ग्रिफ्त र सरार्फुदिन असरर्फले समान एक÷एक विकेट लिए ।

जारी प्रतियोगितामा जनकपुर ५ खेलमा ४ जित र १ हारको नतिजासहित ८ अंक जोडेर दोस्रो स्थानमा छ । ५ खेल खेलेर तीन जित र दुई हारको नतिजा निकालेको काठमाडौं ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

आज हुने दोस्रो खेलमा विराटनगर सुपर किङ्स र लुम्बिनी अलस्टार्सबीच प्रतिस्पर्धा हुँदैछ ।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

१७ पुष २०७९, आईतवार १३:५९
प्रदेश १ मा सरकार गठन दलहरुको   छुट्टाछुट्टै छलफलमा

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

१७ पुष २०७९, आईतवार १३:५९

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

ऋषभ पन्तलाई बचाउने बस ड्राइभर

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१७ पुष २०७९, आईतवार १३:५९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१७ पुष २०७९, आईतवार १३:५९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१७ पुष २०७९, आईतवार १३:५९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१७ पुष २०७९, आईतवार १३:५९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१७ पुष २०७९, आईतवार १३:५९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.