लुम्बिनी। लुम्बिनी प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन् ।