नेपाली बजारमा सुनको भाउ ९ सय रुपैयाँले बढेको छ। सोमबार तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रति तोला १ लाख २ हजार ६ सयमा कारोबार भईरहेको हो।
छापावाल सँगै तेजाबी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ।
Facebook Comments