• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

by पहिलो नेपाल
२० पुष २०७९, बुधबार १४:१९
प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

लामो समय बन्द भएर अहिले सञ्चालन हुन थालेको पश्चिम नवलपरासीको सुनवल १ स्थित लुम्बिनी चिनी मिलला स्थानीयले ताला लगाएका छन् । पूर्व सहमति अनुसार प्रदूषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।

उद्योग परिसरमा धानको भूस जलाउँदा खरानीसहितको कालोधुलो र उखु क्रसिङको फोहोरको कारण सो क्षेत्रमा बस्नै नसकिने गरी प्रदूषण फैलिएको स्थानीयको गुनासो छ ।

पटक पटक उद्योगलाई प्रदूषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको उनीहरूको दाबी छ ।

उद्योग सञ्चालनका क्रममा इन्धनको रूपमा प्रयोग गरिने भुसबाट कालो धुलोको कणहरू सो क्षेत्रका घरघरमा फैलिएको छ । कालोधुलोले बालीनाली र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै स्थानीयले उद्योगमा तालाबन्दी गरी समस्या समाधान नभएसम्म उद्योग नचलाउन चेतावनी दिएको स्थानीय जीवन पौडेलले बताए ।

मानव स्वास्थ्यमा मात्रै होइन धुलोका कारण कपडा सुकाउनसमेत नमिल्ने र धेरै गन्याएर हिँडडुल गर्न पनि अप्ठ्यारो भएको स्थानीयको गुनासो छ ।

उद्योगले केही दिन अगाडिबाट उखु क्रसिङ्ग सुरु गरेपछि प्रदूषण फैलिएको हो । चिनी मिलबाट उत्सर्जित प्रदूषणका कारण सुनवल क्षेत्रका बासिन्दाले सास्ती खेप्नुपरेको भन्दै स्थानीयले लगातार आवाज उठाएका छन् ।

मिलले प्रदूषण नियन्त्रण गर्न नसक्दा सुनवलवासी यसअघि पनि पटक–पटक आन्दोलित भएका थिए । त्यहाँबाट उत्सर्जित दूषित धुवाँ, निर्मलीकरण नगरिएको फोहोरले वातावरण प्रदूषण गरेको उनीहरूको भनाइ छ ।

मिलबाट निस्किएको धुलो धुवाँले स्वास्थ्यमा समेत असर पुग्न थालेको सुनवलकी स्थानीयवासी बिन्दु घिमिरे बताउँछिन् । ‘धुवाँले सास फेर्न अप्ठ्यारो हुने र गन्धले उस्तै समस्या पारेको, ‘सुकाएको कपडा तथा कारेसाबारी र तरकारीमा असर पुगेको उनको भनाइ छ ।

स्थानीय राममनोहर कुर्मीका अनुसार घरबाहिर राखेको समानहरू सबै कालो हुने र घरभित्रै बसेर खाना खाँदा पनि खाना भरी धुलो बस्ने समस्या बढेको छ ।

गन्ध र प्रदूषणका कारण ठूलै रोग लाग्ने त्रास स्थानीयमा बढेको छ ।

चिनी मिल उद्योगको प्रदूषणले खेतबारीमा लगाइएको तरकारी र अन्नबालीसमेत धुवाँधुलोले क्षति पुर्‍याएको सुनवलका बुद्धि पोखरेलको भनाइ छ ।

अधिक प्रदूषण भएपछि स्थानीयवासीले संघर्ष समिति गठन गरेर विरोधमा उत्रिएका छन् । प्रदूषण नियन्त्रण संघर्ष समितिका सचिव जीवन पौडेलले पटक–पटक उद्योगसँग प्रदूषण नियन्त्रण गर्न माग गरे पनि त्यसका लागि मिल सञ्चालकले चासो नदिएको गुनासो गर्छन् ।

यसो त यसअघि स्थानीयवासीसँग मिलले प्रदूषण नियन्त्रण गर्न तीन बुँदे सहमति गरिसकेको थियो तर उक्त सहमति कार्यान्वयनमा मिलले चासो नदिएको स्थानीयको भनाइ छ । चिनी मिलले प्रदूषण नियन्त्रणका लागि उद्योगले केही योजना बनाएपनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले आफूहरूले प्रदूषण नियन्त्रणका लागि उपकरण खरिद प्रक्रिया सुरु गरेको बताउँदै केही दिनभित्रै समस्या समाधान हुने बताएका छन् । उत्सर्जित फोहोर पानी शुद्धीकरणका लागि वाटर फिटनेस प्लान्ट जडानको काम पनि केही दिनमा सुरु हुनेछ ।

सुनवल नगरपालिका प्रमुख विमला अर्यालले उद्योग सञ्चालक र स्थानीयलाई सँगै राखेर छलफल सुरु भएको र छिटै विकल्पमा समाधान निकालिने बताइन् ।

‘आज दुवै पक्षबीच छलफल सुरु भएको छ, स्थानीयले समस्या समाधान नभए उद्योग चलाउन नदिने भनेपछि विवाद भएको हो, विकल्पमा उपाय खोज्दैछौं, उद्योगको तर्फबाट तत्काल वैकल्पिक उपाय खोजेर समाधान निकाल्न हामीले समन्वय गरेका छौँ’, उनले भनिन् ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२० पुष २०७९, बुधबार १४:१९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२० पुष २०७९, बुधबार १४:१९

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२० पुष २०७९, बुधबार १४:१९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२० पुष २०७९, बुधबार १४:१९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२० पुष २०७९, बुधबार १४:१९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२० पुष २०७९, बुधबार १४:१९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२० पुष २०७९, बुधबार १४:१९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.